क्लब हिमालयलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

क्लब हिमालयलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

भक्तपुर नगरकोटस्थित होटल क्लब हिमालयले सन् २०२० को ‘ट्राभलर्स च्वाइस अवार्ड’ जितेको छ।

अमेरिकास्थित प्रसिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिपएडभाइजरले प्रत्येक वर्ष यस्तो अवार्ड दिँदै आएको छ। संसारभरका लाखौं पर्यटकले सम्बद्ध होटलमा बसेपछि दिने प्रतिक्रियाका आधारमा ट्रिपएडभाइजरले उत्कृष्टलाई अवार्ड दिँदै आएको छ।

क्लब हिमालय एस होटल्स एन्ड रिसोर्ट्स प्रालिले दुई दशकभन्दा बढी अवधिदेखि नगरकोटमा सञ्चालन गर्दै आएको छ। 

‘ट्रिपएडभाइजरको सम्मानबाट हामी औधी उत्साही छौं,’ एस होटल्सका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले आयोमेलसँग भने, ‘विश्वव्यापी

कोरोना महामारीले हाम्रो पर्यटन उद्योग गम्भीर समस्यामा छ तर बिस्तारै कोरोनालाई परास्त गर्दै गएपछि अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योग फस्टाउँदै जाने विश्वास छ। क्लब हिमालय संसारभरका पर्यटकलाई स्वागत गर्न आतुर छ।’

एस होटल्सले नगरकोटमा क्लब हिमालय, काठमाडौंमा होटल एम्बेसेडर, होटल मार्कोपोलो, होटल एम्बेसेडर छाउनी र पोखरामा होटल ट्रेक ओ टेल सञ्चालन गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published.