उवासंघ बुटवलका अध्यक्षको घर भत्काएकोप्रति महासंघको भर्त्सना

उवासंघ बुटवलका अध्यक्षको घर भत्काएकोप्रति महासंघको भर्त्सना

नेपाल उद्योग वाणिज्य महासंघले बुटवलका व्यवसायी खिमबहादुर हमालको घरमा स्थानीय प्रशासनले बल प्रयोग गरेको भन्दै भर्त्सना गरेको छ।

उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष हमालको घर स्थानीय प्रशासनले साउन २१ गते भत्काइएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

महासंघका अनुसार मुआब्जाको विवाद रहेका बेला असार ३० गते सर्वाेच्च अदालतमा यससम्बन्धी मुद्दा दायर भएको छ। मुद्दा विचाराधीन रहेका बेला स्थानीय प्रशासनले घर भत्काएको आरोप लगाइएको छ।

महासंघले विज्ञप्तिमा उल्लेख गरे अनुसार हमाल उक्त जग्गामा २०३५ देखि बसोबास गर्दै आएकामा ०४६  तत्कालिन नगरपञ्चायतको नियमानुसार नक्सापास गराई घर निर्माण गरिएको थियो।

‘यसरी विधिविपरीत घर भत्काइएको बारे छानविन हुनुका साथै पीडितलाई उचित व्यवस्था मिलाउन पनि महासंघ सरकार समक्ष गम्भीर आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग भेट गरेर गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा भनिएको छ।  


Leave a Reply

Your email address will not be published.