सिन्धुपाल्चाेक पहिरो अपडेट : बेपत्ता ११ को शव निकालियो

सिन्धुपाल्चाेक पहिरो अपडेट :  बेपत्ता ११ को शव निकालियो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदी पहिरोमा बेपत्ता ३८ जनामध्ये ११ जनाको शव लिनकालिएको छ।

यससँगै उक्त पहिरोमा परी मृत्यु हुनेको संख्या पनि ११ नै पुगेको छ। शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो जाँदा ३८ जना पुरिएका थिए।

त्यसमध्ये ११ जनाको शव फेला परेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। मृत्युह नेहरुको सनाखत भएको छैन। घटनापछि सभामुख सापकोटा आफैं घटनास्थलमा पुगेका थिए।

अन्य बेपत्तको खोजीमा सेना, प्रहरी र जनप्रतिनिधिको टोली जुटिरहेको छ। त्यस्तै, पहिरोमा परेका पाँच जनाको उद्धार गरिएको छ। उनीहरूलाई हेलिकाेप्टरमार्फत् जिल्लाको चौतारा र काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ।

घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।

यसैगरी मनाङ एयरको हेलिकप्टरबाट घाइते ४५ वर्षीया यामुलामु दोङलाई काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ।


Leave a Reply

Your email address will not be published.