डर देखाउँदै रकम असुल्ने अधिकारी प्रहरीकाे फन्दामा

डर देखाउँदै रकम असुल्ने अधिकारी प्रहरीकाे फन्दामा

तारकेश्वर नगरपालिका-११ नेपालटार डेरा गरी बस्ने ३६ वर्षीय शंकरप्रसाद अधिकारीलाई काठमाडौं महानगरपालिका-३ बसुन्धराबाट प्रहरीले पक्राउ गरेको छ ।

डरत्रास देखाई तथा धम्क्याई रकम ठगी गर्न खोजेको अभियोगमा धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएका उनलाई पक्राउ गरेकाे हाे।

आफूलाई आलोचना साप्ताहिकको संवाददाता बताउने अधिकारीले काठमाडौंका एक व्यवसायीलाई 'अख्तियारमा मुद्दा परेको र पक्राउका लागि सिआईबीमा पत्राचार भएको' डर देखाउँदै  रकम असुली गर्न खाेजेकाे प्रहरीले जनाएकाे छ। 

अधिकारीले 'मुद्दा हेर्ने सिआईबीका इन्सपेक्टरलाई ५ लाख रुपैयाँ दिएमा मुद्दा रद्द बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ' भन्दै डरत्रास देखाई तथा धम्क्याई सिआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त ब्यूरोले जनाएको छ।


Leave a Reply

Your email address will not be published.