प्रदेश २ मा थप दुई कोरोना संक्रमितको मृत्यु, १९९ नयाँ संक्रमित भेटिए

प्रदेश २ मा थप दुई कोरोना संक्रमितको मृत्यु, १९९ नयाँ संक्रमित भेटिए

प्रदेश २ मा शुक्रबार थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। 

शुक्रबार धनुषाको जनकनन्दनी गाउँपालिका-४ का एकजना ५० वर्षीय पुरुष र सिरहा विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। केहीदिनअघि ज्यान गुमाएका सर्लाहीकी एक ६५ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

प्रदेश २ मा अहिलेसम्म ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये धनुषाका ७, महोत्तरी, रौतहट र सिरहाका २÷२, सप्तरीका ३, बाराका ६ र पर्साका १९ जना छन्।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ।

शुक्रबार धनुषामा ५४ जनामा संक्रमण पुष्टि भएकोमा प्रादेशिक अस्पताल जनकपुरका ११, जनकपुरधाम उपमहानगरपालिकाका ९, जानकी हेल्थ केयरका ५, स्वास्थ्य कार्यालय धनुषाका ६, मुक्तिनाथ बैंकका ३, धनौजी गाउँपालिकाका, मिथिला बिहारी नगरपालिका, मुखियापट्टी गाउँपालिका, हंसपुर नगरपालिकाका जमुननिबास, औरही गाउँपालिका बटेश्वर गाउँपालिका १÷१, मिथिला बिहारी नगरपालिकाका ६, लक्ष्मीनियाँ गाउँपालिकाका ३, उदयपुर गढी घरभई प्रादेशिक अस्पतालमा रहेका १, कमला नगरपालिका सिन्धुलीका १ र ठाउँ नखुलेका २ जना रहेका छन्।

यसैगरी सिरहाको विष्णुपुर गाउँपालिकाको एकजनामा संक्रमण पुष्टि भएको छ। महोत्तरीको जलेश्वर नगरपालिकामा १७, एकरहियाका १ र औरही नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाका १९, विश्रामपुर घरभइ हाल नारायणी अस्पतालमा रहेका १ गरी २० जनामा संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगंज महानगरपालिकाका १८, आर्मी ब्यारेकका १, ग्लोबल आइएमई बैंंकका १, भारतीय महावाणिज्य दूतावासका १, महोत्तरी घरभइ हाल नारायणी अस्पतालमा रहेका १, नारायणी अस्पालका ६ र नारायणी अस्पताल क्वार्टरका ३ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ।

सर्लाहीमा लालबन्दीका एक र ठाउँ नखुलेको २६ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। सप्तरीको राजविराज नगरपालिकाका १६, सप्तकोशी नगरपालिका, बोदे बर्साइन नगरपालिका, विष्णुपुर, खडक नगरपालिका र राजविराज घरभइ प्रादेशिक अस्पताल जनकपुरमा रहेका १÷१ जनामा संक्रमण पुष्टि भएको छ।


Leave a Reply

Your email address will not be published.