कोरोनाविरुद्धको खोप विकास गर्न अर्बौं डलरको दौड

कोरोनाविरुद्धको खोप विकास गर्न अर्बौं डलरको दौड

चार वर्ष। यो आजसम्म कुनै पनि खोप विकास गर्न लागेको सबैभन्दा छोटो समयावधि हो। जुन धेरैजसो १० देखि १५ वर्ष हुने गर्छ।
तर यतिखेर वैज्ञानिकहरू एक वर्षभित्रै खोप तयार पार्ने दौडमा जुटेका छन्।

संसारभर दर्जनौं अनुसन्धान टोलीहरू स्थापित तथा नयाँ प्रविधिको उपयोग गरी सार्स–कोभ–२, कोभिड–१९ सार्ने भाइरसविरुद्ध खोप विकास गर्न लागिरहेका छन्।

खोपका लागि ठूलो रकम विनियोजित गरिएको छ, महामारी नियन्त्रण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले विश्वभर अर्बौं डलर खर्च गरिएको छ। त्यसमा अमेरिका, चीन र युरोपको सबैभन्दा बढी लगानी छ।

यद्यपि सबैभन्दा कमजोर समूहमा खोप उपलब्ध हुन अझै धेरै काम र सम्झौता हुन बाँकी छ।

कोरोना भाइरस बेरोकटोक फैलिइरहेको अवस्थामा मानिससामु चाँडोभन्दा चाँडो खोप पु¥याउन ती तीन ठूला शक्ति समूह आ–आफ्नो खोजमा अग्रसर छन्।

कोभिड–१९ खोपतर्फको मार्ग

वैज्ञानिकहरूले २०२१ को सुरुवातमा कोभिड–१९ र यसको संक्रमणविरुद्ध खोप वितरण गर्ने आशाका साथ विकास प्रक्रिया द्रुत गतिमा डोहो¥याइराखेका छन्।

कुनै खोपलाई प्रयोगमा ल्याउनु अगाडि त्यसले धेरै चरण पार गर्नुपर्छ। प्रारम्भिक अनुसन्धान र विकास चरण पुग्नुअघि तीन चरणमा गरिने पूर्व क्लिनिकल तथा क्लिनिकल परीक्षणलगायत कयौं शृंखलामा परीक्षण गरिन्छ। सामान्यतया प्रत्येक चरण पूरा हुन कमसेकम दुई वर्ष लाग्ने गर्छ।

तर कोरोना भाइरसलाई रोक्ने दौडमा उक्त प्रक्रियाको गति बढाउन तीमध्ये केही चरणलाई या त एकत्रित पारिएका छन् वा पूर्णरूपले पन्छाइएका छन्।
सिएनएनबाट अनुवादित
 


Leave a Reply

Your email address will not be published.