‘दुई पलको शायर हुँ’ भन्दै जब धोनीले संन्यास लिए…

‘दुई पलको शायर हुँ’ भन्दै जब धोनीले संन्यास लिए…

चर्चित भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

गतबर्षको विश्वकप क्रिकेट देखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका हुन्। 

धोनीले इन्स्टाग्राममा ‘पल दो पलका शायर हुँ’ भन्ने गीतमा आफ्ना सम्झना कैद गर्दै शनिबार साँझ ७ बजेर २९ मिनेटमा संन्यास घोषणा गरेका हुन्। 

‘धन्यवाद, मेरो करिअरमा धेरै धेरै माया र समर्थनका लागि धन्यवाद, ७ बजेर २९ मिनेटदेखि मलाई रिटायर्डको रूपमा सम्झिनु’ ३९ वर्षीय धोनीले भनेका छन्।

धोनीसँगै भारतीय राष्ट्रिय टोलीका अर्का खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिक्रेटबाट संन्यास लिएका छन्।

धोनीले संन्यास लिएको केही समयमा रैनाले पनि इन्स्टाग्राममार्फत आफूपनि धोनीसँगै रहेको भन्दै संन्यास लिएका हुन्।

धोनी भारतीय क्रिकेटमा एकदिवसीय क्रिकेट विश्व कप, टी–२० क्रिकेट विश्वकप र टेस्टको वरीयतामा भारतलाई नम्बर वान टिम बनाउने एक मात्र कप्तान हुन्। उनलाई भारतकै सबैभन्दा सफल कप्तान मानिन्छ।

धोनीको कप्तानीमा भारतले आइसीसी विश्वकप २००७, आइसीसी च्याम्पियन ट्रफी २०१३ र २००९ मा भारतलाई टेष्ट क्रिक्रेटमा एक नम्बर बनाएका थिए भने घरेलु मैदानमा २१ टेष्ट म्याचमा जित दिलाएका थिए, जुन भारतका लागि रेकर्ड थियो।

धोनीले ३ सय ३२ अन्तर्राष्ट्रिय खेलको कप्तानी सम्हालेका छन्। उनले १ सय ९५ जनालाई स्टम्प आउट गरेका छन्।

उनले ३ सय ५० वन डे म्याच खेलेका छन् जसमा औसतमा ५० भन्दा बढी रनले १० हजार ७ सय ७३ रन बनाए। एकदिवसीय क्रिक्रेटमा धोनीले १० शतक र ७३ अर्धशतक लगाउनुका साथै विकेटकिपिङ गर्दा ३ सय २१ क्याच गरेका छन् भने १ सय २३ खेलाडीलाई स्टम्प आउट गरिसकेका छन्।

धोनीले टी–२० मा ९८ म्याच खेलेर १ हजार ६ सय १७ रन बनाएका छन्।

टेष्ट क्रिक्रेटबाट धोनीले सन २०१४ मा संन्यास लिएका थिए। ९० टेष्ट म्याच खेलेका उनले ४ हजार ८ सय ७६ रन बनाएका थिए।

टेष्ट म्याचमा उनले २ सय ५६ क्याच ३८ स्टम्प आउट र ६ शतक र ३३ अर्धशतक बनाएका छन्।

धोनीले संन्यासको घोषणा गर्दा भारतीय क्रिक्रेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले धोनीको संन्याससँगैै एक युगको अन्त्य भएको बताएका छन्।

उनले धोनीको सफलता र कप्तानीलाई कसैले छुन नसक्ने बताउँदै उन भारतीय क्रिक्रेटको इतिहासकै सफल कप्तान भएको बताए।

त्यस्तै रैना २०१८ देखि भारतीय टिमबाट बाहिर रहेका छन्। रैनाले भारतका लागि २२६ एकदिवसीय खेल खेल्दै ५ हजार ६१५ रन बनाएका छन्। त्यस्तै १८ टेस्ट खेलेका उनलै ७६८ रन बनाएका छन।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Thanks a lot for ur love and support throughout.from 1929 hrs consider me as Retired

A post shared by M S Dhoni (@mahi7781) on


Leave a Reply

Your email address will not be published.