अमेरिकामा अलिबाबासहित चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी 

अमेरिकामा अलिबाबासहित चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी 

अमेरिकाले चिनियाँ कम्पनी अलिबाबासहित चीनका अरू पनि कयौं कम्पनीमाथि प्रतिबन्धनको तयारी गरेको छ। 

शनिबार एक पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीलाई अमेरिकामा प्रतिबन्ध लगाउन दाबाव बढिरहेको बताएका थिए। 

यसअघि नै चिनियाँ कम्पनीको एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाइसकेको छ। पत्रकारहरूले अरू चिनियाँ कम्पनीमाथि प्रतिबन्धका बारेमा राखेको जिज्ञासामा ट्रम्पले भनेका थिए- ‘हो, हामी अरू कम्पनीलाई पनि हेरिरहेका छौं।’ 

चिनियाँ स्वामित्वका कम्पनीमाथि ट्रम्पले निरन्तर दबाब बढारहेका छन्। 

अमेरिकाले शुक्रबारमात्रै चीनको कम्पनी बाइटडान्सलाई अमेरिकामा ९० दिनभित्र टिकटकको अपरेसन बन्द गर्न निर्शेदन दिइसकेको छ। 
व्यक्त्तिगत डाटा सुरक्षाका लागि चिनियाँ कम्पनीमाथि प्रतिबन्ध गर्न थालेको उनले बताएका थिए। 
 


Leave a Reply

Your email address will not be published.