मोटरसाईकल नदीमा खस्यो, दुईजनाको मृत्यु

मोटरसाईकल नदीमा खस्यो, दुईजनाको मृत्यु

देउखुरीको सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ। 

लमही–कोइलावास सडक अन्तर्गत लमहीबाट गढवा जान लागेको मोटरसाईकल सानो राप्ती नदीमा निर्माण गरिएको पुलमा ठोक्किएर अनियन्त्रित हुँदा नदीमा खसेको प्रहरीले जनाएको छ।

लु ५७ प ८८०० नम्बरको मोटरसाइकल नदिमा खस्दा गढवा गाउँपालिका– ७ चन्दनपुर निवासी २९ बर्षीय सुरजनारायण चौधरी र सोही ठाउँ निवासी २८ बर्षीय मनोज चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

शनिवार राति लमहीबाट गढवा घर जाने क्रममा मोटरसाइकल सानोनदिमा खसेको थियो।

सानो नदीमा खसेर बेपत्ता भएका सुरजनारायण चौधरीको शव राती फेला परेको थियो भने मनोज चौधरीको शव आइतवार विहान भेटिएको थियो। उनीहरुको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पताल राखिएको छ।


Leave a Reply

Your email address will not be published.