आयल निगम रुपन्देहीका १० जनामा कोरोना

आयल निगम रुपन्देहीका १० जनामा कोरोना

नेपाल आयल निगम रुपन्देहीका विभिन्न डिपोका १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार आएको स्वाब परीक्षण रिपोर्टमा नेपाल आयल निगम भलवारी डिपोका तीनजना, भैरहवा पेट्रोल पम्पका तीनजना र विमानस्थलस्थित हवाई इन्धन डिपोका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपाल आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा १० जनामा संक्रमण देखिएको हो।

सूचना अधिकारी ज्ञवालीका अनुसार गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपो शुक्रबारबाट नै सिल गरिएको छ भने भलवारी डिपोमा आइतबारबाट काम भएको छैन।

भैरहवास्थित नेपाल आयल निगमको पम्पमा कार्यरत कर्मचारीमा संक्रमण देखिएसँगै आइतबार बिहान ८ बजेबाट सेवा बन्द गरी शिल गरिएको भैरहवा पेट्रोल पम्पका कार्यालय प्रमुख गोविन्द चौधरीले जानकारी दिए।

भैरहवास्थित हवाई इन्धन डिपोमा कार्यरत केही कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि बिहीबार ४ जनाको स्वाब परीक्षण गर्दा संक्रमण भएको पाइएको हो। 


Leave a Reply

Your email address will not be published.