उपत्यकामा संक्रमित संख्या २ हजार नाघ्यो, आज मात्रै १६८ थपिए

उपत्यकामा संक्रमित संख्या २ हजार नाघ्यो, आज मात्रै १६८ थपिए

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १ सय ३९, ललितपुरमा १४, भक्तपुरमा १५ जनामा संक्रमण भएको बताए।

आज थपिएका सँगै काठमाडौं उपत्यकामा २ हजार १ सय ३८ संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १ हजार ७ सय ८, ललितपुरमा २ सय ८२ र भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।


Leave a Reply

Your email address will not be published.