राखेपका नवनियुक्त ६ सदस्यको शपथ

राखेपका नवनियुक्त ६ सदस्यको शपथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त सदस्यलाई शपथ ग्रहण गराए।

खेलकुद मन्त्रालयले साउन १५ गते रिम रानाभाट, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको सदस्यमा मनोनीत गरेको थियो।

राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केही समय राखेपका कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा भएकाे शपथमा मन्त्री विश्वकर्माले चाँडै नै अन्य सदस्यको नियुक्ति प्रकृया पनि अगाडि बढाइने जानकारी गराए।


Leave a Reply

Your email address will not be published.