स्याङ्जामा कैदीलाई कोरोना, जिल्ला अस्पताल सिल गरियो

स्याङ्जामा कैदीलाई कोरोना, जिल्ला अस्पताल सिल गरियो

जिल्ला अस्पताल स्याङ्जा एक हप्तालाई सिल गरिएको छ।  श्वासप्रश्वासमा समस्या भएपछि उपचार गराउन आएका ६० वर्षे कैदीमा कोरोना पोजेटिभ देखिएकाले सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील मरासिनीले जानकारी दिए।

अस्पतालका सबैको कन्ट्याक ट्रेसिङ र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला सिसिएमसीले सिल गर्ने निर्णय गरेको उनले बताए। 
स्वास्थ्यमा समस्या देखिएपछि ती कैदी गत शनिबार अस्पतालमा भर्ना भएका थिए। 

‘पहिल्यै शंका लागेको थियो तर कारागारमा कोही नजाने, जोखिम कम हुने भनेर उपचार ग¥र्यौं,’ मेसु डा. मरासिनीले भने, ‘पछि स्वाब पठाउँदा पोजेटिभ देखियो। अहिले अरु २÷३ जना बिरामीलाई छुट्टै कोठामा राखेका छौं।’

अस्पतालमा उपचारलाई आएका ती संक्रमित जबरजस्ती करणी मुद्धामा ४ वर्षदेखि कैद भोगिरहेका छन्। कारागारका ५० कैदीमा एक हप्तादेखि ज्वरो आउने र रुघाखोकी लागेको थिए। 

औषधि खाएपछि अरु सबै कैदी निको भएका थिए। तर ६० वर्षे उनमा लक्षण रहिरह्यो। त्यसपछि आइतबार स्वाब संकलन गरिएकोमा सोमबार साँझ कोरोना पोजेटिभ देखिएको हो।

जिल्लाका प्रहरी प्रमुख सहित ४१ सुरक्षाकर्मीमा कोरोना देखिएपछि जिल्ला भदौ ४ सम्म सिल गरिएको छ। 

स्याङ्जामा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेका छ। तीमध्ये २७२ जना निको भएर घर फिर्ता भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.