कर्णालीमा थप ६ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ६ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा दैलेख अस्पताल, दैलेख र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम (पश्चिम) मा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोना भाइरस संक्रमण हुनेहरूमा दैलेखका पाँचजना र रुकुम (पश्चिम) का एकजना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमण हुनेहरूको संख्या दुई हजार ८७ पुगेको छ। 

कर्णालीमा पछिल्लो २४ घन्टामा ६ सय ५५ जनाको स्वाब परीक्षण गरिएको थियो। जसमध्य थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कर्णालीमा हालसम्म ४८ हजार ६ सय ३१ जनाको कोरोना परीक्षण भइसकेको छ।

हालसम्म कर्णालीमा एक हजार नौ सय ३२ जना संक्रमित निको भइसकेका छन्। संक्रमण पुष्टि भएका मध्य ६ जनाको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published.