विराटनगरमा दुई दिनपछि स्वाब संकलन थालियो

विराटनगरमा दुई दिनपछि स्वाब संकलन थालियो

स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई नै कोरोना पोजेटिभ देखिएपछि बन्द भएको स्वाब संकलन कार्य आजदेखि सुरु भएको छ। गत आइतबार कोरोना पुष्टि भएका चिकित्सकसहित विराटनगर महानगरपालिकको स्वास्थ्य टिम सेल्फ क्वारेन्टाइनमा बसेको थिए।  

स्वाब संकलन गरिने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट सुरु भएको छ। पोजेटिभ देखिएका स्वास्थ्यकर्मीबाहेक अरुमा संक्रमण नरहेको पुष्टिभएपछि पुनः स्वाब संकलनको काम अघि बढाइएको महानगका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। 

उनकाअनुसार मेडिकल अधिकृत डा. प्रज्वल खतिवडा नेतृत्वको टिमले मंगलबारदेखि पुनः स्वाब संकलन सुरु गरेको छ। महानगरपालिकाले बनाएको आइसोलेनमा बसेकाहरुको स्वाब पहिलो चरणमा लिने काम भइरहेको छ। 

१० दिनभन्दा अगाडीदेखि आइसोलेशनमा बसेकाहरुको स्वाब संकलन सुरु गरिएको डा.खतिवडाले जानकारी दिएका छन्। उनले आइसोलेशनमा बसिसकेका व्यक्तिको स्वाव लिएपछि उनीहरूसँग कन्ट्याक ट्रेसिङमा रहेकाहरुको स्वाव लिइने जानकारी दिए। 

विराटनगर महानगरपालिकाभित्र स्वाब संकलन गरिने दुई वटा टिम बनाएको छ। महानगरपालिकाले करारमा नियुक्त गरेको मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको हो।

मेडिकल अधिकृत डा.प्रज्वल खतिवडा र डा.मुकेश पौडेलको नेतृत्वमा रहने ६÷६ जनाको टिम परिचालन हुने भएको विराटनगर महानगरपालिकाले जनाएको छ। 

अब कुनै पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिहाले भने पनि स्वाब संकलनको काम नरोकिने महनगरपालिकाले जनाएको छ। दुई दिन स्वाब संकलन नहुँदा कोरोना संक्रमितको सम्पर्कमा रहेका सयौंले परीक्षण गर्न पाएका छैनन्। 

मंगलबार मात्र विराटनगरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित बढ्दे गएको हुँदा धेरै व्यक्तिको स्वाव लिनुपर्ने देखिएको छ। तसर्थ महानगरले स्वाव संकलनलाई नरोक्ने बताएको हो। 


Leave a Reply

Your email address will not be published.