प्रदेश २ मा एकै दिन ३२४ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा एकै दिन ३२४ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा एकैदिन ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ८ जिल्ला गरी ३२४ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार ३२४ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा धनुषामा ५४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेहरु मध्ये  ३६ जना जनकपुरका छन्। जनकपुरधामका २२ र ६० वर्षका दुई महिला तथा २७ देखि ६५ वर्षका १४ जना पुरुषमा संक्रमण पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसैगरी जनकपुरधाम–४ जानकी चोक, पुराना बजारका १०, जानकी मेडिकल कलेजका २, जेएचआरसीका २, एनबी बैंकका ३, जानकी हेल्थ केयरका ३, लक्ष्मी बैंकका १ र रामपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

धनुषाकै सवैला नगरपालिका, मिथिला बिहारी नगरपालिकाका, पौडेश्वर, औरहीका १÷१, चक्कर,मिथिला नगरपालिका, सहिदनगर नगरपालिका र घोडघासका २÷२, हंसपुर नगरपालिकाका ५ र नेपाल प्रहरीका एकजनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी महोत्तरीको बर्दिवास नगरपालिकाका २, मटिहानी उद्योग वाणिज्य संघका ६, रतौली, महोत्तरी गाउँपालिका, रामगोपालपुर, बलवा र सुगाका १÷१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सिरहाको सोठियाराका १, मिर्चैया नगरपालिका क्वारेन्टाइनका ६, कल्याणपुरका १ र ठाउँ नखुलेको ५ जनामा संक्रमण पुष्टि भएको छ।

बाराको कलैया उपमहानगरपालिकाका ६, प्रसौनी गाउँपालिकाका ५, सिमरौनगढ नगरपालिकाका १, पिलुवाका ३, कलैया अस्पतालका १, जीतपुर सिमराका १, सिमराका २, इनर्वाका १, मोतिसरका १, पथलैयाका ५, कोल्हवि नगरपालिकाका ७, एसएनपी बाराका ६ र ठाउँ नखुलेको २१ जना गरी ५९ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी पर्साको वीरगंजमा १०, वीरगन्ज छपकैयाका ६, वीरगंज मुर्ती चोकका ८, वीरगंज विर्ताका ३, बहादुरमाई नगरपालिकाका २५, जिल्ला प्रहरी कार्यालय पर्साका ५, विर्ता प्रहरी चौकीका २, नेसनल मेडिकल कलेजका २, पोखरिया नगरपालिकाका १ र ठाउँ नखुलेको ६२ जना गरी १२४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सर्लाहीको लालबन्दी नगरपालिकाका १ र ठाउँ नखुलेको २ जना गरी ३ जनामा संक्रमण पुष्टि भएको छ।

रौतहटको कटहरिया नगरपालिकाका १, गरुडा नगरपालिकाका २ र ठाउँ नखुलेको ४१ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी सप्तरीको राजविराज नगरपालिकाका १, हनुमाननगर कंकालिनी गाउँपालिकाका ११ र तिलाठी काइलाडीका २ गरी १४ जनामा संक्रमण पुष्टि भएको छ।


Leave a Reply

Your email address will not be published.