मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘बन्धक’ बनाएर राजीनामा

मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘बन्धक’ बनाएर राजीनामा

अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटाले आफ्नो पदबाट राजीनामा दिएका छन्। त्यहाँको सरकारी टेलिभीजनले उनको राजीनामा पुष्टि गरेको छ। 

टेलिभीजमा सम्बोधन गर्दै उनले संसद तथा सरकार पनि भंग गरे र पदबाट राजीनामा दिएका हुन्। 

‘म चाहँदैन मेरो शासनकालमा कुनै रक्त्तपात होस्। यदि हाम्रै सैनिक बलका केही मानिसले मेरो शासनमा दखल राख्न खोज्छन् भने मेरो भन्नु के छ र, मेरो बिकल्पै के छ र?’ 

यो घोषणाको केही  समयअघि नै मालीका विद्रोही सैनिक बलले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई नियन्त्रणामा लिइसकेको थियो। 

राजधानी बामाको नजिकै एक सैनिक क्याम्पमा ठूलो विष्फोटको आवाज सुनिएसँगै देशमा सैनिक विद्रोहको सुरुवात भएको थियो। 

मालीमा केही समयदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो। मंगलबार केही असन्तुष्ट सैनिकहरुले राजधानीदेखि १५ किलोमीटर टाढा रहेको एउटा सैनिक क्याम्पमा आफुना कमाण्डरहरुलाई नियन्त्रणमा लिएका थिए। लगत्तै सहरमा युवाहरुले सरकारी भवनमा आगजनी सुरु गरे। 

जिहादी उग्रवादीसँग चलिरहेको लामो समयदेखिको लडाइँ र आफ्नो सेवासुविधाका विषयमा यहाँको सैनिक जत्था पहिलादेखि नै असन्तुष्ट थियो। 

राष्ट्रपति केटाले २०१८मा दोस्रोपटक पनि चुनाव जितेर सत्तामा आएका थिए। तर उनको शासन कालमा भ्रष्टाचार र साम्प्रदायिकता बढेको र देशमा आर्थिक व्यवस्था कमजोर भएको भन्दै आलोचना भइरहेको थियो। 

यिनै असन्तुष्टिका कारण मालीमा लामो समयदेखि सरकारविराधी आन्दोलन चलिरहको थियो। यसबीचमा रुढीवजादी इमाम महमूद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धन बन्यो। उसले पनि मिलिजुली सरकारको माग गर्दै आएको थयो। 

बिबिसीकाे सहयाेगमा


Leave a Reply

Your email address will not be published.