सेलपे सेल्सबेरी अफर,  १५ प्रतिशतसम्म छुट

सेलपे सेल्सबेरी अफर,  १५ प्रतिशतसम्म छुट

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग सहकार्य गरेर ‘सेलपे सेल्सबेरी अफर’ ल्याएको छ।

कात्तिक ३० गतेसम्म लागू हुने यो अफरबाट १५ प्रतिशतसम्म छुट प्राप्त हुने जनाइएको छ।

सेलकम प्रालिका अनुसार ग्राहकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरका २३ वटा आउटलेटमा कुनै पनि सामग्री खरिद गरी सेलपेबाट स्क्यान एन्ड पेय मार्फत भुक्तानी गरेमा १५ प्रतिशत छुट पाउनेछन्।

यो अफरमा सहभागी भइ छुट पाउन सेल्सबेरीबाट सामान किन्दा सेलपेमार्फत् भुक्तानी गर्नुपर्नेछ।


Leave a Reply

Your email address will not be published.