सातजनाको शव भेटियो, उद्धारका लागि हेलिकोप्टरसहितको टोली पुग्यो

सातजनाको शव भेटियो, उद्धारका लागि हेलिकोप्टरसहितको टोली पुग्यो

मंगलबार राति आएको अबिरल वर्षापछि अछामको रामारोशन गाउँपालिका कैलाश खोलाले बगाएर वेपत्ता भइका मध्य सातजनाको शव भेटिएको छ।

पहिरोमा परेर अझै १६ जना वेपत्ता भएका छन्। वेपत्ता भएका मध्य चारजनाको शव बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको र तीनजनाको शव मंगलसेन नगरपालिका– ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको गाउँपालिकाका अध्यक्ष झंकर साउँदेले बताए।

स्थानीय कैलासखोलामा आएको पहिरोका कारण रामारोसन गाउँपालिका–५ सैन बजारका १७ घर बगाउँदा ७ वटा घरका मानिस वेपत्ता भएका अध्यक्ष साउँदेले बताए। 

पहिरोमा परेर घाइते भएका स्थानीयको उद्धारका लागि नेपाली सेनाको टोली हेलिकोप्टरसहित घटना स्थल पुगेको रामारोशन गाउँपालिकाका अध्यक्ष साउँदले  बताए। उनका अनुसार नदी आसपास पर्ने गाउँपालिकाका चार वटा वडामा क्षती भएको छ। खासगरी मानविय क्षती वडा नंम्बर ५ को सैनिबजारमा भएको अध्यक्ष साउँदले बताए।


Leave a Reply

Your email address will not be published.