तनहुँको शुक्लागण्डकीमा एकसाता निषेधाज्ञा

तनहुँको शुक्लागण्डकीमा एकसाता निषेधाज्ञा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक हप्ते निषेधाज्ञा जारी भएको छ। नगरपालिकाको आज बिहान बसेको बैठकले राति १० बजेदेखि बन्दाबन्दी गर्ने निर्णय गरेको हो। 

आज रातिबाट जारी हुने निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म जारी रहने नगरप्रमुख किसान गुरुङले जानकारी दिए। समुदायस्तरमा कोरोना संक्रमित भेटिएपछि बन्दाबन्दी गर्ने निर्णय भएको उनले बताए । 

यो अवधिमा अत्यावश्यकबाहेकका अरु सबै सेवा बन्द रहने छन्। 

चाडपर्वमा हुने भीडभाडले संक्रमित बढ्ने देखेपछि तनहुँका अरु पालिकाले पनि निषेधाज्ञा जारी गरिसकेका छन्। 

जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिकामा भदौ ७ गते दिउँसो १२ बजेसम्म निषेधाज्ञा घोषणा गरेको छ।

भानु नगरपालिकामा भने भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

दुवै पालिकामा भदौ १ देखि निषेधाज्ञा जारी भएको हो। आँबुखैरेनी गाउँपालिकाले पनि भदौ ७ गतेसम्म निषेधाज्ञा लगाएको छ। 


Leave a Reply

Your email address will not be published.