पोखरामा जिपले ठक्कर दिँदा ड्युटीका दुई प्रहरीको मृत्यु

पोखरामा जिपले ठक्कर दिँदा ड्युटीका दुई प्रहरीको मृत्यु

ड्युटीमा रहेका दुई प्रहरीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। निषेधाज्ञा लागू भएपछि गस्तीमा खटिएका वडा प्रहरी कार्यालय बैदाम पोखरामा कार्यरत एक हबल्दार र प्रहरी जवानको मृत्यु भएको हो। 

पोखरा–५ मालेपाटनस्थित विश्वास पेट्रोलपम्प अगाडि निषेधाज्ञाको अवधिमा गुडेको बोलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा मृत्यु भएको हो। 

ग १ब ३६९ नम्बरको मोटरसाइकललाई ग २ च २६२६ नम्बरको बलेरो जिपले पछाडिबाट ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। 

मृत्यु हुनेमा पाल्पा रिप्दिकोट गाउँपालिका–८ का २० वर्षे चन्द्रबहादुर बगाले र बर्दियाको बढैयाताल गाउँपालिका–६ का डम्बरबहादुर थारु छन् । 

मोटरसाइकल चलाएका बगाले जवान हुन् भने पछाडि बसेका थारु हबल्दार हुन्। 

ठक्कर दिने जिप चालक धादिङको धुनीबेसी गाउँपालिका–५ घर भई पोखरा महानगरपालिका–५ बस्ने २३ वर्षे विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


Leave a Reply

Your email address will not be published.