अछाम पहिरो अपडेट : मृतक सातमध्ये तीनजनाको सनाखत

अछाम पहिरो अपडेट : मृतक सातमध्ये तीनजनाको सनाखत

अछामका रामारोशन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाएर १७ जना बेपत्ता मध्ये सातजनाको शव फेला पारेकोमा तीनजनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार सनाखत भएका हरूमा १३ वर्षका नविन साउद, ३२ वर्षकी गौरी शाह र अन्दाजी ४५ वर्षका चन्द साउदको सनाखत भएको छ। 

उनले जिल्लाबाट उद्धारका लागि गएको टोली विहान ६ बजेदेखि हिडेको भएपनि बगाएको मुख्य ठाउँ सैनीबजारमा अझै पुग्न नसकेको बताए। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको बताए। खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र स्थानीयबासीन्दा रहेका छन्। 

घटनास्थलमा देखिएका तीनजना घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.