सांग्रिला भिलेजलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

सांग्रिला भिलेजलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

मुलुकको दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरास्थित सांग्रिला भिलेज रिसोर्टले सन् २०२० को ‘ट्राभलर्स च्वाइस अवार्ड’ प्राप्त गरेको छ। 

अमेरिकास्थित प्रसिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिपएडभाइजरले प्रत्येक वर्ष यस्तो अवार्ड दिँदै आएको छ। संसारभरका लाखौं पर्यटकले सम्बद्ध होटलमा बसेपछि दिने प्रतिक्रियाका आधारमा ट्रिपएडभाइजरले उत्कृष्टलाई अवार्ड दिँदै आएको छ।

सांग्रिला भिलेज राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाको भगिनी रिसोर्ट हो। यो रिसोर्टले २४ वर्षदेखि स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिँदै आएको छ।  

‘ट्रिपएडभाइजरको सम्मानबाट हाम्रो उत्साहमा नयाँ आयाम थपिएको छ,’ रिसोर्टका रेसिडेन्ट म्यानेजर गुप्ता गिरीले आयोमेलसँग भने, ‘कोरोना भाइरस संक्रमणको वैश्विक महामारीले हाम्रो पर्यटन उद्योग पनि गम्भीर संकटमा छ तर बिस्तारै कोरोनालाई परास्त गर्दै संसारभरका पर्यटकलाई स्वागत गर्न हामी आतुर छौं।’


Leave a Reply

Your email address will not be published.