पोखरामा एकैपटक १६ प्रहरीमा कोरोना पुष्टि

पोखरामा एकैपटक १६ प्रहरीमा कोरोना पुष्टि

पोखरामा एकैपटक १६ जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ। पोखरा–५ मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका दंगा प्रहरीमा कोरोना देखिएको हो।

संक्रमित सबै प्रहरी स्याङ्जाबाट ५ दिन पहिले पोखरा फर्किएका हुन्। स्याङ्जामा एसपीसहित ४१ प्रहरीमा कोरोना पुष्टि भएपछि सुरक्षाका लागि २५ जना कास्कीबाट गएका थिए। 

‘यहाँ प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट पटकपटक गरेर २५ जना प्रहरी सुरक्षाका लागि आउनुभएको थियो। फर्किएपछि क्वारेन्टाइनमा बस्नुभएको हो,’ स्याङ्जाका सिडिओ गंगाबहादुर क्षेत्रीले भने। संक्रमित सबै पुरुष प्रहरी २३ देखि ४७ वर्षका छन्।

बुधबार साँझ नै बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको छ। योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १८ सय १२ पुगेको छ। तीमध्ये १५ सय ६९ संक्रमित निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.