एम्बुलेन्सबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु

एम्बुलेन्सबाट खसेकी महिलाको उपचारका क्रममा मृत्यु

दाङको देउखुरीमा एम्बुलेन्सबाट खसेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ भैंसाहीनाका निवासी ३५ वर्षीया कमला बिकको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।  

बुधबार नेपालगन्जबाट उपचार गरेर बुधबार घर फर्किने क्रममा कमला भे१च १६४५ नम्बरको एम्बुलेन्सबाट लडेकी थिइन्।

एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनी लमही–७ वनघुस्री चोक नजिकै एम्बुलेन्सबाट खसेकी थिइन्। प्रहरीका अनुसार रोकिएको एम्बुलेन्स चलाउने क्रममा पछाडिको ढोका आफै खुलेर उनी सडकमा खसेकी थिइन्।  
 


Leave a Reply

Your email address will not be published.