राष्ट्रकविको नाममा दुई हजार डलरको काव्य पुरस्कार

राष्ट्रकविको नाममा दुई हजार डलरको काव्य पुरस्कार

'राष्ट्रकवि माधवप्रसाद घिमिरे' काव्य पुरस्कार स्थापना गरिने भएको छ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले राष्ट्रकवि घिमिरेको स्मृतिमा सो पुरस्कार स्थापना गर्न लागेको हो।

अनेसास वोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्रीको अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी सो पुरस्कारको स्थापना तथा घोषणा गरेको हो ।

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशि दुई हजार अमेरिकी डलर रहेको अनेसास वोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले बताए।

उक्त पुरस्कारका सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ। सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ।


Leave a Reply

Your email address will not be published.