नौ किलो चरेससहित एक महिला पक्राउ, श्रीमान फरार

नौ किलो चरेससहित एक महिला पक्राउ, श्रीमान फरार

महानगरीय प्रहरी वृत थानकोटले लागूऔषध चरेससहित एक महिलालाई चन्द्रागिरिको बलम्बुबाट पक्राउ गरेको छ।

धादिङको गजुरी गाउँपालिकाकी पवित्रा थिङ नौ किलो ३ सय ५० ग्राम चरेससहित बुधबार राति आफ्नै डेराबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
थिङको कोठाभित्र खाट मुनि जेब्रा झोलामा लुकाइ राखिएको उक्त परिमाणको चरेससहित बरामद भएको जनाइर्एको छ।

उनका  श्रीमान  फुलबहादुर तामाङ उर्फ सुनिल फरार रहेको र खोजबिन जारी रहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ।


Leave a Reply

Your email address will not be published.