कोरोनाले गिजाेलेको तीज- सुनसान मन्दिर, घरभित्रै व्रतालु

कोरोनाले गिजाेलेको तीज-  सुनसान मन्दिर, घरभित्रै व्रतालु

न मन्दिरमा भीडभाड, न चोक-चौतारामा तीजका गीत र नाच। 

कोरोना संक्रमणले आधा देश फेरि ‘लकडाउन’ र ‘निषेधाज्ञा’मा बन्दी भएको छ। र, यसपालिको तीज घरभित्रै रह्यो। 

यसपालि पशुपति मन्दिर पनि खुलेन। काठमाडमौं, भक्त्तपुर र ललितपुरलगायतका देशका धेरै जिल्लामा ‘निषेधाज्ञा’ छ।

राष्ट्रपति विद्यादेवी भन्डारी पनि तीजमा पशुपति गइनन्।

अघिल्ला बर्षहरुका तीजमा राष्ट्रपति, पशुपति मन्दिर दर्शन गर्न जाने परम्परा भएपनि यस पटक कोरोना भाइरसको महामारीका कारण नजाने राष्ट्रपति कार्यालले जनाएको छ। 

बरु राष्ट्रपतिले घरमै बसेर सुरक्षित तरिकाले तीज मनाउन आग्रह गरिन्। 


Leave a Reply

Your email address will not be published.