प्रदेश २ मा २ सय ६५ जनामा कोरोना पुष्टि

प्रदेश २ मा २ सय ६५ जनामा कोरोना पुष्टि

जनकपुरधाम प्रदेश २ मा थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको विभिन्न जिल्ला गरी २६५ जनामा संक्रमण पुष्टि भएको हो।

जनकपुरधाम उपमहानगरपालिकाका २० जनासहित शुक्रबार धनुषामा २९ जनामा संक्रमण पुष्टि भएको छ।

जनकपुरस्थित मालपोत कार्यालय, रेडक्रस सोसाइटी र नेपाल बैंक लिमिटेडका १÷१ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसैगरी धनुषाको महेन्द्रनगरस्थित ईलाका प्रहरी कार्यालय, सरोसर, विदेह नगरपालिका, बन्दिपुर, सबैला नगरपालिका, औरही, एकहरिया, रुपैठा र नगराईनका १÷१ जनामा संक्रमण पुष्टि भएको छ।

महोत्तरीको बलवा नगरपालिका, किसाननगरका १÷१, जलेश्वर नगरपालिका, औरही नगरपालिका, लक्ष्मीनियाँ, गौशाला नगरपालिकाका २÷२ जना र मटिहानी उद्योग वाणिज्य संघका ७ जनामा संक्रमण पुष्टि भएको छ।

सिरहाको गोलबजार नगरपालिकाका २, भगवानपुर गाउँपालिकाका ४, भगवानपुर नेपाल प्रहरी पोस्टका १, मिर्चैया प्रहरी कार्यालयका ४, मिर्चैया नगरपालिकाका १, मिर्चैया क्वारेन्टाइनका ४, धनगढीमाई नगरपालिकाका ४ र औरही गाउँपालिकाका १ जनाम संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

बाराको कलैया उपमहानगरपालिका, विश्रामपुर गाउँपालिकाका २÷२, जीतपुर सिमरा, बरैना, महागढीमाई बरियारपुरका १÷१ र जीतपुर सिमरा क्वारेन्टाइनका ३१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी पर्साको वीरगंज महानगरपालिकाका ३४, वीरगंज आदर्श नगरका १४, वीरगंज भन्सारका ५, वीरगंज रानीघाटका ४, वीरगंज श्रीपुरका २, वीरगंज गहवाका २, जिल्ला प्रहरी कार्यालय पर्साका १, चैनपुरका १, पोखरिया नगरपालिकाका १, नेशनल मेडिकल कलेजका ४, नारायणी अस्पताल क्वार्टरका २, जिल्ला स्वास्थ्य कार्यालय वीरगंजका २, ग्लोबल बैंकका २, शंंकर सरैयाका १, सुरजहाँका १ र ठाउँ नखुलेको १ जनागरी ७९ जनामा संक्रमण पुष्टि भएको छ।

सर्लाहीको हरिवन नगरपालिकाका २४, रामनगर गाउँपालिकाका १, ईश्वरपुर नगरपालिकाका २, चन्द्रनगर गाउँपालिकाका १५, लालबन्दी नगरपालिका, बेल्ही, मलंगला नगरपालिका र ठाउँ नखुलेको १÷१ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी रौतहटको फतुवा विजयपुर नगरपालिकाका १, कटहरिया नगरपालिकाका ५, देवाही गोनाही नगरपालिकाका ५ र चन्द्रपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिकाका ३, बोदे बरसाईन नगरपालिकाका १ र तिलाठी कोइलाडी गाउँपालिकाका १५ जननासमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.