छोटो चलचित्र निर्देशनमा पत्रकार ज्ञवाली, ‘डार्क मुन’ सार्वजनिक

छोटो चलचित्र निर्देशनमा पत्रकार ज्ञवाली, ‘डार्क मुन’ सार्वजनिक

कला पत्रकारितामा रमाइरहेका पत्रकार रामजी ज्ञवाली छोटो चलचित्र अर्थात सर्ट मूभिको निर्देशनतिर लागेका छन्।

‘लकडाउन’ सार्वजनिक गरेका उनले शनिबार फेरि नयाँ छोटो चलचित्र सार्वजनिक गरेका हुन्। 

उनले निर्देशन गरेकाे दाेस्राे छाेटाे चलचित्र 'डार्क मुन' हाे, जुन शनिबार सार्वनजिक गरिएकाे छ।

चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन् भने तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको पनि अभिनय छ।

ज्ञवालीका भनाइमा ‘डार्क मुन’ मार्फत समाजको यथार्थ चित्र देखाउन खोजिएको छ। उनी यसलाई समाजको यथार्थ तस्वीर मान्छन्। भन्छन्, ‘व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने सन्देश फिल्ममार्फत दिइएको छ।’

डार्क मुनको कथा प्रदीप भारद्वाजले लेखेका हुन्, भने कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। 

चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ। 

चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो। द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ।


Leave a Reply

Your email address will not be published.