कोरोनाले हरेक १५ सेकेन्डमा एक मृत्यु 

कोरोनाले हरेक १५ सेकेन्डमा एक मृत्यु 

विश्वलाई नै प्रताडित गरेको कोरोना भाइरसबाट हुने मृत्युदर पनि बढ्न थालेको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार हरेक २४ घन्टामा कोरोनाबाट ५ हजार ९ सय जनाको ज्यान गइरहेको छ। पछिल्लो दुई सातादेखि गत शुक्रबारसम्मको तथ्यांक विश्लेषण गर्दा एक घन्टामा २ सय ४६ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको ज्यान गइरहेको पाइएको हो। 

रोयटर्सका अनुसार विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख नाघिसकेको छ। मृतकको संख्या अमेरिका, ब्राजिल र भारतमा अधिक छ।


Leave a Reply

Your email address will not be published.