प्रदेश २ को कानुनमन्त्रीका स्वकीय सचिवसहित काव्या अस्पतालका १० जनामा संक्रमण

प्रदेश २ को कानुनमन्त्रीका स्वकीय सचिवसहित काव्या अस्पतालका १० जनामा संक्रमण

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका स्वकीय सचिवसहित जनकपुरस्थित काव्या अस्पतालका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आइतबार उनीहरुलाई संक्रमण पुष्टि भएको हो। कानुमन्त्रीका स्वकीय सचिव र जनकपुरको निजी काव्या अस्पतालका १० जनामा संक्रमण देखिएको स्रोतले जनाएको छ।

केहीदिनअघि कानुनमन्त्री यादव स्वयं संक्रमित भएका थिए। होमआइसोलेसन बसेका मन्त्री यादव कोरोनालाई पराजित गरी अहिले निको भइसकेका छन्। मन्त्री यादवअघि कानुन मन्त्रालयका केही कर्मचारीहरुमा संक्रमण भेटिएको थियो।

मन्त्री यादवले स्वकीय सचिवसँग १५/२० दिनदेखि आफ्नो प्रत्यक्ष भेटघाट नभएको बताएका छन्। आफू संक्रमित भइसकेपछि होम आइसोलेसनमा रहेकोले यस अवधिमा कसैसँग भेटघाट नभएको उनको भनाइ छ।

यता, जनकपुरधाम–९ स्थित काव्या अस्पतालका १० जनामा संक्रमण पुष्टि भएको बताइएको छ। अस्पतालका एक चिकित्सकसहित ७ जना आइसीयूका स्वास्थ्यकर्मी र दुईजना प्रशासनका कर्मचारीमा संक्रमण पुष्टि भएको जनाइएको छ।

केही दिनअघि काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएका जनकपुरको एकजनामा संक्रमण पुष्टि भएको थियो।


Leave a Reply

Your email address will not be published.