हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ

हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ

अवैध हातहरियार खरखजना मुद्दाका फरार अभियुक्त प्रक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ का सुनिल मेचे रहेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचेलाई  बिर्तामोड पश्चिम बस स्टेन्ड क्षेत्रबाट पक्राउ गरिएको हो।

मेचेलाई पक्राउ गर्न ललितपुर प्रहरीले झापा प्रहरीलाई पत्राचार गरेको थियो। मेचेलाई गोप्य सूचनाको आधार पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए।

३८ वर्षीय मेचेविरुद्ध अवैध हात हतियारको मुद्दामा  २०७५ चैत ११ गते एकवर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला सुनाइएको थियो।

मेचेलाई कैद भुक्तानका लागि नख्खु कारागार पठाइने एसपी कोइरालाले बताए।


Leave a Reply

Your email address will not be published.