सुनको भाउ ५ सयले घट्यो, तोलाको कति?

सुनको भाउ ५ सयले घट्यो, तोलाको कति?

बहुमूल्य धातु सुनको भाउ नेपाली बजारमा साताको दोस्रो दिन पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्दा ९८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
छापावाल सुन गत शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

तेजाबी सुनको भाउ सोमबार तोलाको ९७ हजार ४ सय रपैयाँ कायम भएको छ। आइतबार तोलाको ९७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

तेजाबी सुन गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

सोमबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ। महासंघका अनुसार सोमबार चाँदीको भाउ तोलाको  १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ। 
आइतबार पनि तोलामा २५ रुपैयाँले घट्दा चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
गत शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ७० पुगेको थियो।

महासंघका अनुसार भदौ १ मा छापावाल सुन तोलाको ९८ हजार २ सय, २ र ३ मा १ लाख ४ सय र ४ गते ९८ हजार ८ सय रुपैयाँ थियो।


Leave a Reply

Your email address will not be published.