बाँकेमा ११ लाख मूल्यबराबरका अबैध मोबाइल बरामद

बाँकेमा ११ लाख मूल्यबराबरका अबैध मोबाइल बरामद

सशस्त्र प्रहरी बाँकेले ठूलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका एसपी अशोक बमको सक्रियता र सशस्त्र प्रहरी बिओपीबाट खटिएका प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले उक्त सामग्री बरामद गरेको हो।

भारतबाट ल्याउदै गरिएको ११ लाख मूल्य बराबरको अबैध स्मार्ट मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। आइतबार बिहान ३ बजे गस्तीमा रहेको डाँगी कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीबाट भारतबाट ल्याउँदै गरेका ८५ थान मोबाइल बरामद गरेको हो।

राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउँदै गरेका तस्कर सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर फरार भएका थिए। प्रहरी निरीक्षक डाँगीले मोबाइलसँगै ९३ थान लेडिज कुर्ता समेत बरामद गरिएको जानकारी दिए।

सशस्त्र प्रहरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरूमा रियलमी, भिभो, ओप्पोलगायत कम्पनीका छन्। त्यस्तै बरामद गरिएका फोनहरूको मूल्य ११ लाख २० हजार  र कुर्ताको मूल्य ३७ हजार २ सय रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.