काठमाडौं उपत्यकामा २ सय ३३ सहित देशभर ८ सय ५५ संक्रमित थपिए, ७ जनाको मृत्यु 

काठमाडौं उपत्यकामा २ सय ३३ सहित देशभर ८ सय ५५ संक्रमित थपिए, ७ जनाको मृत्यु 

पछिल्लो २४ घन्टामा नेपालभर थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले बताए।

तीमध्ये काठमाडौं उपत्यकामा २ सय ३२ जना संक्रमित छन्। काठमाडौंमा १ सय ९९, भक्त्तपुरमा १४ र ललितपुरमा १९ जना संक्रमित थपिएका हुन्। 

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। चौबिस घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको छ। 
 


Leave a Reply

Your email address will not be published.