डाक्टर होइन, कोरोनाविरुद्ध लडौँ- डा. कार्की

डाक्टर होइन, कोरोनाविरुद्ध लडौँ- डा. कार्की

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोरोना चिकित्सकविरुद्ध नभइ, कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताएका छन्। 

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै कार्कीले पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि भइरहेको दुर्व्यवहारले आफू निकै दु:खी भएको बताए। 

उनले कोरोना संक्रमणबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित नगर्न पनि अपिल गरे। 

‘चिकित्सक वा स्वास्थ्यकर्मीलाई छि:छि: र दूरदूर नगरौँ’ उनले भने ‘यो संक्रमण जोसुकैलाई पनि हुनसक्छ। सबैलाई उपचार गर्ने चिकित्सकहरु नै हो।’
 


Leave a Reply

Your email address will not be published.