कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण 

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण 

कर्णाली प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल पशुपंछी रोग प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल–दैलेखमा गरिएको परीक्षणमा थप १८ जना संक्रमित पुष्टि भएको हो।

पुष्टि भएका नयाँ संक्रमितमा सुर्खेतका पाँचजना, दैलेखका चारजना, सल्यानका दुईजना, कालिकोटका चारजना र धनुषा–कञ्चनपुर–जुम्लाका एक–एक जना रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए। 

यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय १३ जना पुगेको छ।

यसका साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कर्णालीमा १५ जना निको भएका छन्। कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ जना पुगेको छ। कर्णालीमा कोरोना संक्रमण पुष्टि भएकामध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा कर्णालीमा ७ सय ७ जनामा कोरोना संक्रमणबारे परीक्षण गरिएको थियो। जसमध्ये १८ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म कर्णालीमा ५३ हजार ५६ जनामा कोरोना संक्रमण परिक्षण भइसकेको छ। 
 


Leave a Reply

Your email address will not be published.