उपत्यकामा आज ३०१ संक्रमित थपिए, काठमाडौंमात्रै ३ हजार १८५ पुग्यो

उपत्यकामा आज ३०१ संक्रमित थपिए, काठमाडौंमात्रै ३ हजार १८५ पुग्यो

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन्।

आज थपिएका सहित उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ। काठमाडौं उपत्यकामा आज थपिएको संख्या हालसम्मकै उच्च हो।

योसँगै काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरको ५ सय १० र भक्तपुरमा ३२४ संक्रमित पुगेका छन्।

बुधबार देशभर थप ८ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमित संख्या ३४ हजार ४ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट १ सय ७५ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.