थप ११ कोरोना संक्रमितको मृत्यु

थप ११ कोरोना संक्रमितको मृत्यु

पछिल्लो विवरण अनुसार नेपालमा थप ११ कोरोना संक्रमितले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले ९ पुरुष र २ महिला गरि ११ संक्रमितले ज्यान गुमाएको बताए।

मृत्यु हुनेमा कैलालीका ४५ र ५० वर्षका दुई पुरुष रहेका छन्। महोत्तरीका ६० र ७२ वर्षका पुरुष र बाँकेका ३७ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौंका ५१ वर्षका पुरुष, मोरङकी १ महिला, बारा ४१ र ६६ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको छ।

त्यसैगरी, भक्तपुरका ५३ वर्षीया महिलाको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट १ सय ७५ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.