चाँदनी मल्लले ल्याइन् ‘सुदूरपश्चिम मेरा कलेजीमा’

चाँदनी मल्लले ल्याइन् ‘सुदूरपश्चिम मेरा कलेजीमा’

चाँदनी मल्ल देउडा गायनको एक ओजिलो नाम हो। मल्लले थुप्रै देउडा गीतमा स्वर दिइसकेकी छन्।

उनका 'सुदूर पश्चिम स्वर्ग सरी', 'ढल्क्यो जोवन', 'ऐसेलु पाक्याका वन', 'इज्यु जनरोया मेरा दु:खले', 'नजा सुवा दूर' लगायत दर्जनौं चर्चित गीत बजारमा आइसकेका छन्।

कोरोना महामारीकाबिच पनि उनले स्रोताको मनोरन्जनका लागि  'सुदूरपश्चिम मेरा कलेजीमा' बजारमा ल्याएकी छन्। 'मौलिकपन हराउँदै गएको बेला मैले मौलिक भाव बोकेको देउडा गीत बजारमा ल्याएकी छु', उनले भनिन्, 'सुदूरपश्चिम स्वर्ग सरी भाग- २ मा यो गीत छ। आशा छ सबैले मन पराइदिनु हुने छ।',

मल्लको अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। 

गीतमा गायक बिमल राज छेत्री, शंकर सिंह बिष्टले मल्ललाई स्वरमा साथ दिएका छन्। गीतले विभिन्न बाध्यताले प्रदेशिएका दाजुभाई अर्काको भूमिमा हप्किदप्की खानुभन्दा आफ्नै भ‍ूमिका केही गर्न सन्देश दिएको छ। 

गीतको संगीत संयोजन भुवन बडु, शब्द/संगीत माधब बिष्ट, निर्देशन बिरेन्द्र भाट 'बिपीन' र छायाङकन राम सिह भाटले गरेका छन्। 

'नेपालको कानुन दैबले जानुन्' बोलको तीज गीतमा स्वर दिनुका साथै उनले दसैंतिहारको गीत 'म जन्म्याको गाउँ' मा पनि स्वर दिइसकेकी छन्।

उनी पहिलो डोटेली फिल्म गौरीकी नायिका समेत हुन्। 'छाउपडी' नामक नेपाली फिल्ममा पनि अभिनय गरिसकेकी छन्। मल्ललाई देउडा क्षेत्रकी व्यस्त गाइकाको रुपमा लिइन्छ।


Leave a Reply

Your email address will not be published.