तेब्बर मूल्यमा युरिया मल बेच्ने तीनजना व्यवसायी पक्राउ

तेब्बर मूल्यमा युरिया मल बेच्ने तीनजना व्यवसायी पक्राउ

दाङमा रासायनिक युरिया मलमा कालो बजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिबोरा ७२१ पर्ने रासायनिक मल (युरिया) लाई प्रतिबोरा २४०० रुपैयाँको दरले बिक्री गरी गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाले सयुक्त रूपमा माछा पार्दा तीन जना व्यापारी पक्राउ परेका हुन्।

उपभोक्तालाई ठगी गरी कालोबजारी गरेको आरोपमा तीनजना व्यापारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन्।

गढवा बजार र त्यसको आसपासको क्षेत्रमा रहेका रासायनिक मलका बिक्रेताले चर्को मूल्यमा युरिया बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले गढवा गाउँपालिका वडा ५ निवासी सुनिल पोखरेल, सोही ठाउँ निवासी राजकुमार गुप्ता र सोही ठाउँ निवासी युवराज पाण्डेलाई पक्राउ गरेको हो।

पक्राउ परेकालाई प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १४ बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको समेत खड्काले जानकारी दिएका छन्। जिल्लामा रासायनिक मल युरियाको अभाव देखिएपछि व्यवसायीले बढी मूल्यमा बेच्ने गरेका छन्।

यसअघि पनि जिल्ला प्रशासन कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त टोलीले तुलसीपुरबाट अवैध भारतीय मल बिक्री गरेको आरोपमा एक जना व्यवसायीलाई पक्राउ गरेको थियो। 


Leave a Reply

Your email address will not be published.