मोटरसाइकल र पिकअप ठोक्किँदा जनकपुरमा एकको मृत्यु

मोटरसाइकल र पिकअप ठोक्किँदा जनकपुरमा एकको मृत्यु

सवारी दुर्घटनामा जनकपुरमा एक युवकको ज्यान गएको छ। जनकपुरधाम–१३ स्थित पिडारी–कुर्था सडक खण्डमा मोटरसाइकल र पिकअप एकआसपमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धनुषा मिथिला विहारी नगरपालिका–४ बस्ने २२ वर्षीय कलाम नदाफ रहेको प्रहरीले जनाएको छ। ज १ च १८०१ नम्बरको पिकअपले विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ प २२७५ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालय मुजेलियाले जानकारी दिएको छ।

ठकरपछि मोटरसाइकल चालक नदाफ सडकबाट करिब ५ फिट तल झरेका थिए। उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले बताए।


Leave a Reply

Your email address will not be published.