लक्ष्मी बैंकका ४ कर्मचारीसहित थप १६ जनामा कोरोना संक्रमण

लक्ष्मी बैंकका ४ कर्मचारीसहित थप १६ जनामा कोरोना संक्रमण

दाङमा एक बैंकमा कार्यरत थप ४ जना कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा बुधबार घोराही उपमहानगरपालिकामा ९ जना र तुलसीपुर उपमहानगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये १० पुरुष र ६ महिला छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकमा २३ जनाको स्वाब परीक्षण गर्दा घोराहीमा रहेको लक्ष्मी बैंकमा कार्यरत थप ४ कर्मचारीसहित ९ जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रम्ख नारायण घर्तिले जानकारी दिएका छन्।

‘सोमबार बैंकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको काउन्टरमा कार्यरत तीन जनामा कोरोना संक्रमण देखिएपछि उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गरिएको थियो,’ शाखा प्रमुख घर्तीले भने, ‘त्यसक्रममा सोही बैंकमै कार्यरत थप ४ र उनीको परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।’

घोराही–१४ निवासी एक कर्मचारीका ३३ महिनाकी छोरी, २५ वर्षीया श्रीमती र ५० वर्षीय आमामा कोरोना संक्रमण पुष्टि भएको छ।

घोराही उपमहानगरपालिका–३ का ४१ वर्षीय पुरुष र घोराही–११ का ३३ वर्षीय पुरुष लक्ष्मी बैंकमा कार्यरत कर्मचारी रहेको खुलेको छ। अन्य दुई जनाको पहिचान हुन सकेको छैन। घोराही–१५ का २३ र ३८ वर्षीय दुई पुरुष र १८ वर्षीय बालिका घोराही–१८ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधिकृत रोशन आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार तुलसीपुरमा १०३ जनाको स्वाब परीक्षणका क्रममा तुलसीपुर उपमहानगरपालिका–१७ निवासी १७ वर्षीय र तुलसीपुर–५ निवासी ६२ वर्षीय महिला र तुलसीपुर–३ निवासी ४१ वर्षीय, तुलसीपुर–६ निवासी २५ र ४१ वर्षीय, तुलसीपुर–१० निवासी ५७ वर्षीय र तुलसीपुर–११ निवासी ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

उनीहरू बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेका छन्। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ५४ जना पुगेको हो।
प्युठानमा थपिए ८ संक्रमित

यसैबीच प्युठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणका क्रममा प्युठानको प्युठान नगरपालिकामा ४ जना, नौबहिनी गाउँपालिकामा तीन जना र ऐरावती गाउँपालिकामा एक जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । 


Leave a Reply

Your email address will not be published.