‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा

‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा

कोरोना प्रभाव, फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेको प्रयास तथा सिर्जित अवस्थाबारे तस्बीरमा समेट्न ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा गरिएको छ। 

फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले ‘कोरोना र जनजीवन’ फोटो प्रतियोगिता घोषणा गरेको हो। 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २५ हजार, २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने तन्नेरी चासोले जनाएको छ।

प्रतियोगितामा आएका फोटोमध्ये विजेतासहित उत्कृष्ट ५० फोटो छानिने छन्। जसलाई देशका विभिन्न ठाउँमा प्रदर्शनी गरिने आयोजकले जनाएको छ। 

‘तन्नेरी चासो’ युवाहरूको समाज वा देशबारेमा आफूलाई लागेका वा देखेका कुरा विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो।

क्यामेरा वा मोबाइल फोन दुवैबाट खिचिएका तस्बिर पठाउन सकिने यस प्रतियोगितामा निःशुल्क भाग लिन सकिनेछ। प्रतियोगीले मंगलबारबाटै संस्थाको आधिकारिक वेबसाइट www.tannerichaso.net मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने आयोजकले जनाएको छ। 

प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटोपत्रकार सहभागी हुन पाउनेछन्। दर्ता प्रक्रिया असोज १० गते राति १२ बजे बन्द हुने तन्नेरी चासोका राष्ट्रिय संयोजक नवीन सिलवालले जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.