पर्सामा स्वास्थ्य निरीक्षकसहित ३३ जनामा संक्रमण पुष्टि

पर्सामा स्वास्थ्य निरीक्षकसहित ३३ जनामा संक्रमण पुष्टि

वीरगन्जमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति पिसिआर परीक्षणमा गर्दा ४ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए।

उनका अनुसार संक्रमित हुनेमा बाराका ६ जना, रौतहटका ३ जना र २४ जना पर्साका रहेका छन्। थपिएका संक्रमितमध्ये जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरमा पनि हुन्।

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ७ जना र कालिकामाई गाउँपालिका– ५ विरन्चीवार्वामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाराको महानगढीमाई नगरपालिकामा ४ जना र कबहीमा एकजना संक्रमित थपिएका छन्।

संक्रमण हुनेमा रौतहटको गौर कारागारमा ३ जनामा पनि रहेका हुन्। सशस्त्र प्रहरी गुल्म नम्बर १५ मा २ जना र जितपुर आर्मी ब्यारेकमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ भने अन्य वीरगन्जको बिभिन्न वडाका बासिन्दा रहेका छन्।


Leave a Reply

Your email address will not be published.