भक्तपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि 

भक्तपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि 

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

नगरपालिका वडा नं ३ गट्ठाघरकी ६४ वर्षीया संक्रमित महिलाको गट्ठाघरस्थित नागरिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनमा संक्रमण पुष्टि भएको हो। 

भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मृत्युपछि स्वाव संकलन गरी परीक्षण गर्दा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो।

भक्तपुरको सुर्यविनायक नगरपालिकामा ३ जना संक्रमितको निधन भइसकेको छ। भक्तपुरमा यो सँगै मृतकको संख्या ४ पुगेको छ।
 


Leave a Reply

Your email address will not be published.