दाङमा विपदबाट करिब दुई करोडको क्षति

दाङमा विपदबाट करिब दुई करोडको क्षति

दाङमा चार महिनाको अवधिमा प्राकृतिक विपदबाट करिब दुई करोडको क्षति भएको छ। जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउनसम्म करिब दुई करोडको क्षति हुन पुगेको हो।

वैशाखदेखि साउन महिनासम्म चार महिनाको अवधिमा प्राकृतिक विपदका कारण एक करोड ८० लाख ९१ हजार ४ सय ४० रुपैयाँबराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचनाकर्ता अजेन्द्र केसीले जानकारी दिएका छन्। 

उनका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिनामा मात्रै १ करोड ४ लाख ५४ हजार १ सय ५० रुपैयाँबराबरको भएको छ। जुन अन्य महिनाको तुलनामा अत्यधिक हो। 

अन्य महिनाको तुलनामा साउन महिना बाढी, पहिरो, सर्पदंशलगायतका प्राकृतिक विपदका घटना धेरै हुने भएकाले क्षति बढेको केन्द्रले जनाएको छ। 

साउनमा महिनामा पहिरो, वर्षातका कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशले टोकेका ६३ घटना घटेका छन्। 

केन्द्रका अनुसार साउनमा भारी वर्षातका कारण घरगोठहरुमा भएको क्षतिसम्बन्धी ३३ घटना छन्। सर्पदंशका १५ वटा, पानी डुबी मृत्यु भएका ९ वटा, करेन्ट लागेका ३ वटा र आगलागीका एकवटा घटना भएका छन्। 

असारमा ४५ लाख ८७ हजार २ सय ९० रुपैयाँको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिए।

केन्द्रका सूचनाकर्ता केसीका अनुसार असारमा १९ वटा विपद्का घट्नाहरु भएका थिए।

प्राकृतिक विपदका कारण जेठ महिनामा १३ लाख ५० हजार र बैशाख महिनामा ८ लाख रुपैयाँबराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ। प्राकृतिक विपद जेठ महिनामा ८ वटा र बैशाख महिनामा ६ वटा घटना घटेका छन्.
 


Leave a Reply

Your email address will not be published.