बतास अर्गनाइजेसन दक्षिण एसियाको उत्कृष्ट डिलर, उत्कृष्ट अवार्ड प्राप्त

बतास अर्गनाइजेसन दक्षिण एसियाको उत्कृष्ट डिलर, उत्कृष्ट अवार्ड प्राप्त

नेपालको बतास अर्गनाइजेसनलाई भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले उत्कृष्ट डिलरको अवार्ड प्रदान गरेको छ।

बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज शीर्षकमा अवार्ड  प्राप्त गरेको हो। बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फ यो अवार्डको घोषणा गरिएको जनाइएको छ। 

बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत बिक्रेता हो।  

कम्पनीले गत वर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएबापत उक्त अवार्ड प्राप्त गरेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए। उनका अनुसार बतासले यो अवार्ड विश्वव्यापी प्रतिस्पर्धाबाट प्राप्त गरेको हो।  

बतासका अध्यक्ष बतासले, 'अवार्ड प्राप्तिको खुसी म आइसर र इष्टर्न परिवारमा बाँड्न चाहान्छु' बताए। सहकर्मीको अथक प्रयास र कर्मनए अवार्ड प्राप्त भएको उनको भनाइ छ। 


Leave a Reply

Your email address will not be published.