२४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या दुई सय नजिक

२४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या दुई सय नजिक

नेपालमा पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित ब्रिफिङमा शुक्रबार जनाए अनुसार ४ महिला र ८ पुरुष गरी १२ कोरोना संक्रमितको मृत्यु भएको हो।

ज्यान गुमाउनेमा मोरङ दुई महिला (दुबै ५६ वर्षीया) भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिला छन्।

यसैगरी, उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, कास्कीका ५२ वर्षीय, चितवनका ५१ वर्षीय र रुपन्देहीका ६० वर्षीय गरी ८ पुरुषको ज्यान गएको मन्त्रायले जनाएको छ।

यससँगै नेपालमा १ सय ९५ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ।

 शुक्रबार देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कूल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।   


Leave a Reply

Your email address will not be published.